काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा 'सन्दीपले दुई बलमा दुई विकेट लिएका छन्।
ओमानले १३ ओभरमा ९६ रन बनाएको छ भने ६ विकेट गुमाएको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका छन्। नेपालका लागि हालसम्म करण केसी एक विकेट, सोमपाल कामीले दुई र गुलशन झा एक र सन्दीपले दुई विकेट लिएका हुन्।
यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुवै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए। घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ।
आज हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो।
आजै यूएई र हङकङ तथा बहराइन र कुवेत पनि आमनेसामने हुँदै छन्। यो खेलपछि मात्र समूह बीबाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ।