रोल्पा । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लुङग्री गाउँपालिका-६ तल्लो गुम्चाल बस्ने २८ वर्षीय नुम बहादुर रोकालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रोकाले ती किशोरीलाई लुङग्री गाउँपालिका-६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको प्रहरी टोलीले उनलाई तल्लो गुम्चालस्थित बाटोमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।