काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सिंगापुरले नेपाललाई मध्यम लक्ष्य दिएको छ ।त्रिवि मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको छ ।
सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाए । मनप्रित सिंहले २४ रनको योगदान गर्दा आर्यवीर चौधरीले ३७ रन जोडे।
नेपालका लागि अविनाष बोहराले तीन विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई—दुई विकेट हात पारे ।
आजदेखि सुरु भएकाे प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग त्रिवि मैदानमा खेल्नेछ । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।