काठमाडौं । त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि युएईले जितेको छ । टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा युएईले नेपाललाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
युएईका मोहम्मद वासिम २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रन बनाए । बासिल हामिद २२ रनमा आउट भए ।
नेपालका अभिनाश बोहरा र गुलशन झाले २/२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियाे।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक पारी खेले । भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाए । अर्का ओपनर ओपनर आसिफ शेखले ७ रन बनाए भने कुशल मल्ल १ रन बनाएर आउट भए ।
यस्तै, कप्तान रोहित पौडेलले १८ रन, दीपेन्द्रसिंह ऐरीले २० रन, सन्दीप जोराले १० रन, गुल्सान झाले ५ रन, साेमपाल कामीले १३ रन, करन केसीले २३ रन जोडे ।
युएईका लागि आयान अफजल खानले तीन तथा अली नसीर र जहुर खानले समान दुई/दुई विकेट लिए ।