काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।
चौथो विकेटका रुपमा नेपालका आसिफ शेख ६३ रन बनाएर आउट भएका छन्। ५० बलको सामना गरेका २ वटा छक्का र ६ वटा छक्का प्रहार गरे।
यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले सुरुवातमै ३ विकेट गुमाएको थियो।
पहिलो विकेटका रुपमा नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल १ बनाएर आउट भएका छन्। यस्तै, सोमपाल कामी २ र कुशल मल्ल शून्य रनमा आउट भएका थिए।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।