काठमाडौं । नेपाल त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको हङकङ २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमा समेटियो ।
हङकङका लागि अंशुमान रथले ४५ रन, एजाज खानले २५ रन, बाबर हयातले २० रन बनाउनुबाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।
नेपालका लागि करण केसी, सोमपाल कामी, ललित राजवंशीले समान दुई दुई विकेट लिए भने प्रतिश जीसी र दिपेन्द्र सिंह ऐरीको नाममा एक एक विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको थियाे ।
नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । मल्लले ९२ रन र ऐरीले ५७ रनको योगदान गरे ।
ओपनर कुशल भुर्तेलले २ रन, आसिफ शेखले २० रन, सोपमाल कामीले ८ रन, कप्तान रोहित पौडेलले ११ रन बनाउँदा सन्दीप जोरा र गुल्सान झाले समान १/१ रन जोडे ।
हङकङका लागि हारुन अरशद र मोहम्मद गजानफरले दुई/दुई विकेट लिँदा आयुष शुक्ला र एजाज खानले समान एक/एक विकेट लिए ।