काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।
नेपाली सेनाका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म बेइजिङमा आयोजना हुने १० औँ सियाङसान फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा चीन जान लागेका हुन् ।
उनी कात्तिक १० गते चीनको बेइजिङ प्रस्थान गर्नेछन् । सियाङसान फोरम एसियाको सुरक्षा र रक्षा विषयमा छलफल गर्ने एक बहुपक्षीय संवाद प्ल्याटफर्म हो ।