काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिज (क्रिकेट)को दोस्रो खेलमा हङकङविरुद्ध सुरुवाती बलिङ गरिरहेको नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
नेपालको कसिलो बलिङसामू हङकङका ब्याटरहरु निरिह देखिएका छन्। नेपालले ९ ओभर नसकिँदै हङकङका ५ विकेट लिएको छ।
नेपालका लागि करण केसी एक्लैले ३ विकेट लिएका छन्। यस्तै, सोमपाल कामी र कुशल मल्लले समान १–१ विकेट लिए। ९ ओभरको खेल सकिँदासम्म हङकङले ५ विकेट गुमाएर मात्र ३६ रन बनाएको छ।
हङकङका टप अर्डरका चार व्याटरहरुले दोहोरो रन बनाउन सकेनन्।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
नेपालले पहिलो बलमै हङकङको विकेट लिएको थियो। करण केसीले नजत खानलाई व्यक्तिगत शुन्य रनमा आउट गराए। करणले व्यक्तिग दोस्रो विकेट लिने क्रममा तेस्रो ओभरको तेस्रो बलमा हङकङका अन्श्या रथलाई आउट गराए। करणले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा बाबर हायतलाई कुशल भुर्तेलबाट क्याचआउट गरा