काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटअन्तर्गत पहिलो चरणमा दोस्रो लेगमा लाओसलाई १–० ले हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।
मंगलबार लाओसस्थित न्यु लाओस राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई हराउन नेपालका मनिष डांगीले निर्णायक गोल गरे ।
यो जितसँगै नेपालले लाओसलाई समग्रमा २-१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो ।