काठमाडौं । कासा लाउन्ज एण्ड बारले असोज २७ गते शनिबारको दिन आयोजना गरेको “दशैं आयो” सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
लाउन्जका सञ्चालक राम प्यारा श्रेष्ठले संगितिक कार्यक्रम दशैंको शुभकामना साटासाट संगै एक आपसमा खुशी बढाउनको निम्ति आयोजना गरेको बताएका छन् । आयोजकले कार्यक्रममा आफ्नो प्रस्तुति दिने बरिष्ठ पप गायक हरिश माथेमा, दिपक थापालगायत सम्पूर्ण सांगीतिक समूहलाइ मुरी मुरी धन्यवाद दिएका छन् ।
कार्यक्रम शोभा बढाउन अनि हौसला प्रदान गर्न बरिष्ठ पप गायक सुनिल उप्रेती, कार्यकम प्रस्तोता सुशील नेपाल तथा द भोइस अफ नेपालको ज्यूरी सदस्यहरु उदय सोताङ, प्रमोद खेरल, राजु लामा र निर्देशक लक्ष्मण पौडेलको उपस्थितीलाई संंचालक राम प्यारा श्रेष्ठले विशेष धन्यवाद दिएका छन् । संग संगै कार्यक्रमलाइ सफल पार्न आफ्नो अमुल्य समय र सहयोग गर्नु हुने अञ्जन लामिछाने अनि सुमन श्रेष्ठलाइ पनि धन्यवाद दिएका छन् ।
सञ्चालकले आगमी दिनमा यस्तै संगीतिक कार्यक्रमलाई विशेष प्रथमिकतामा राखी अझै नयाँ तथा नौला कार्यक्रमे लिएर आउने बताएका छन् ।