एजेन्सी । इजरायल–हमास द्वन्द्वकाबीच भावी रणनीतिका बारेमा पनि छलफल भइरहेको छ ।
इजरायलले 'हमासबाट सदाका लागि छुटकारा पाउन' चाहेको खण्डमा अब के गर्नुपर्छ भनेर छलफल गरिरहेकाे छ। यस सन्दर्भमा धेरै मानिसहरूको विचार छ कि हमासलाई भूमिमार्फत् आक्रमण गर्नुपर्छ।
बीबीसी सुरक्षा संवाददाता फ्रान्क गार्डनर लेख्छन्- यदि हामीले इतिहासलाई हेर्दा त्यसो गर्न असम्भव देखिन्छ। इजरायलले सन् २०१४ मा गाजामा आक्रमण गरेको थियो । त्यसपछि २,००० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भयो र यी मृत्युहरूले युवाहरूमा इजरायलप्रति कट्टरवादको भावना मात्र बढाए। यसपछि पनि हमासले सीमापार रकेट प्रहार जारी राखेको छ ।
हमाससँग ३० हजार लडाकु रहेको अनुमान गरिएको छ । उसलाई गाजाका क्षेत्रहरू राम्ररी थाहा छ। तिनीहरूले आक्रमणकारीहरू भन्दा सुरुङ, बंकर र सडकहरू राम्रोसँग बुझेका छन्। र यस्तो घनी जनसंख्या भएको क्षेत्रमा, ट्याङ्की चलाउन धेरै गाह्रो छ र जमिनमा चुपचाप आक्रमण गर्न लगभग असम्भव छ।
सैन्य कारवाहीको दृष्टिकोणबाट सोच्ने हो भने केही समयका लागि सफलता हात लाग्न सक्छ तर शान्ति सम्झौता नभएसम्म हमासलाई पूर्ण रूपमा नियन्त्रण गर्न गाह्रो हुनेछ ।
यस्तो अवस्थामा हमासले आफूलाई फेरि बलियो बनाउन सक्ने सम्भावना छ । बीबीसी