एजेन्सी । गाजाबाट रकेट प्रहार गरेपछि इजरायलमा फेरि हवाई आक्रमणको साइरन बज्न थालेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले यो जानकारी दिएको हो।
जेरुसेलममा साइरन पनि सुन्न सकिन्छ। जेरुसेलममा कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको बताइएको छ ।
यद्यपी यी विष्फोटहरू रकेट अवतरणका कारण भएका हुन् वा इजरायलले गोली हानेर खसालेकाे हाे भन्ने अझै स्पष्ट भइसकेको छैन।
यसैबीच इजरायलका रक्षामन्त्री योभ गालान्टले गाजा पट्टीमा पूर्ण तालाबन्दी लगाइएको बताएका छन् । त्यहाँ न बिजुली, न खाना न इन्धन पठाइनेछ।