काठमाडौं । लियोनेल मेस्सीले छाडेको पिएसजी भारी अन्तरले पराजित भएको छ ।
युइएफए च्याम्पियन्स लिगको खेलमा पीएसजी भारी गोल अन्तरले पराजित भएको हो । बुधबार राति भएको खेलमा पीएसजि न्यु क्यासलसँग ४–१ गोलको फराकिलो अन्तरले पराजित हुन पुगे पछि मेस्सीलाइ ‘मिस’ गरिएको प्रशशंकहरूले बताएका छन् ।
न्यु क्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा मिगुयल रेजाला, ड्यानीएल जोनशन बर्न सिन डेविड लंगस्टाफ , फावियन लुकास स्चारले एक–एक गोल गरेका थिए भने पीएसजीका लागि लुकास हर्नान्डेजले एक गोल फर्काउन सफल भएका थिए । पहिलो हाफमा नै न्यु क्यासद २ गोलसहित अग्रता लिन सफल भएको थियो ।
जसअनुसार खेलको १७ औं मिनेटमा न्यु क्यासलका लागि म्यानुयल रजोलाले गनेलले गाेल गर्दै सुरूवाती अग्रता दिलाएका थिए भने सो खेलको ३७ औं मिनेट न्युक्यासलकै बर्नले थप गोल गरे पछि पहिलो हाफमा नै अग्रतालाई दोब्बर बनाउन सफल देखिएकाे थियो ।
दोस्राे हाफको सुरूवाती अर्थात खेलको ५० औं मिनेटमा लंगस्टाफले गोल गरे पछि न्युक्यासलकाे अग्रता ३-० मा पुग्यो, त्यसपछि पीएसजीका लागि लुकासले एक गोल फर्काउँदै गाेल अन्तर ३-१ को सिमित पारिदिए तर घरेलु मैदानमा न्युक्यासलले जादु छर्न बाँकी नै थियो र त अतिरिक्त समय थप गोल गर्दै पीएसजीलाइ ४-१ फराकिलो अन्तरले पराजित गर्न सफल भयो ।
जीतसँग न्युक्यासलले ४ अंक जोडन सफल भएको छ भने पीएसजीको तीन अंकमा सिमित हुन पुगेको छ ।