काठमाडौँ । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्षसमेत रहेका हालका सदस्यसचिव मिलनकुमार थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।
अख्तियारले तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध जनही एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो मागदाबी गरिएकाे छ ।