काठमाडौं । नेपाली घरेलु क्रिकेटको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टारले एसियाडमा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक बनाएका दीपेन्द्रसिंह ऐरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
दीपेन्द्रले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए । टी २० आईमा ऐरीले विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्।
१० बलको सामना गरेका ऐरीले ८ छक्का प्रहार गरे। ऐरी नेपाल प्रिमियर लिग क्लब लुम्बिनीका कप्तानसमेत हुन्।
लुम्बिनीले मंगोलियाविरुद्ध प्लेइङ–११ मा रहेका सदस्यलाई जनही १० हजार दिने घोषणा गरेको छ । साे खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो।