काठमाडौ । हाल विश्वभर मृगौला प्रत्यारोपणमा देखिएको एउटा प्रमुख चुनौती भनेको दाताको अभाव हो । मुलुकको मौजुदा कानुनले नजिकको नातेदारले मात्र मृगौला दान गर्न सक्ने व्यबस्था गरेकोले मृगौला दान गर्न इच्छुक आफन्त र मृगौला फेर्नुपर्ने अवस्थामा पुगेका बिरामी बीच मृगौला आदानप्रदान गर्न नमिल्ने (म्याच नगर्ने) समस्या देखिएको छ । यस्तोमा थप सुविधाका लागि कानुनले मृगौला पिडीत दुई परिवारको बीच मृगौला आदानप्रदान गर्ने सहमति भएको खण्डमा सो समेत गर्न सकिने व्यबस्था र सुबिधा बारे धेरै बिरामी तथा परिवारजनलाई जानकारी नहुने र भएको खण्डमा समेत मिल्दो अवस्था सृजना नहुने देखिएको छ ।
यो पृष्ठभूमिमा यस सुमेरु अस्पताल प्रा.लि, धापाखेलमा, मिति २०८० आश्विन ३ गते बुधवारका दिन दुई परिवार बीच मृगौला साटासाट गरी सफलतापुर्वक प्रत्यारोपण गरिएको छ । यसबाट लाभान्वित बिरामी र परिवारजनलाई हामी यस अस्पतालको तर्फबाट बधाई ज्ञापन गर्न चाहन्छौं । यसरी यसप्रकार एकै पटक चारजना ब्यतिmको सल्यक्रिया गर्नु निकै चुनौतिपूर्ण कार्य हो ।
यसअघि आफु कार्यरत रहेको अस्पताल शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विभागीय प्रमुख रहेका बेला यस प्रकारका धेरै प्रत्यारोपण गर्नुभएका अनुभवी ट्रान्सप्लान्ट सर्जन तथा बरिष्ट युरोलोजिष्ट डा. विजय मान सिंह कटवालको नेतृत्व र सिनियर सर्जन डा.डि.भि. कार्की, डा. किरण प्रसाद श्रेष्ठ , डा. जियाउल हक ,नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा. ललित कुमार यादव र डा. सुमित आचार्य लगायत डा. महालक्ष्मी देउजा,डा.एजेलिया अमात्य र डा. कुमार श्रेष्ठ समेतकोे टिमले यो प्रत्यारोपण सम्पन्न गरेको हो । यस्तो प्रत्यारोपण र अन्य धेरै जटिल प्रकृतिका शल्यक्रिया सफलतापुर्वक गर्न सफल डा. कटवालको सक्षम टिमको सेवा यो अस्पतालले प्राप्त गरेकोमा हामी गौरवान्वित छौं ।
डा. कटवाल नेपालमा पहिलोपटक ल्याप्रसकोपिक (ठूलो चि।फार नगरी दुरबिनको प्रयोगबाट गरिने शल्यक्रिया) प्रबिधिबाट मृगौला प्रत्यारोपण गर्ने पहिलो नेपाली सर्जन हुन् । डा. कटवालले बिगतमा क्यान्सर संक्रमित श्रीमतीको मृगौलाको क्यान्सर प्रभावित भाग काटेर बाँकी भाग श्रीमानको शरीरमा समेत सफलतापुर्वक प्रत्यारोपण गरेका छन् । दुई बर्ष अधि गरिएको त्यो शल्यक्रिया त्यस प्रकारको विश्वभर मैं भएको १०५ औँ शल्यक्रिया रहेको थियो ।
शहिद धर्मभतm राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ९ बर्षसम्म युरोलोजी तथा मृगौला प्रत्यारोपण विभागमा सक्रियतापुर्वक सेवा प्रदान गरेका डा. कटवालको टिमसँग आठजना मृगौला ग्रहणकर्तालाई मष्टिस्क मृत्यु भएका ४ जनाको मृगौला समेत सफलता प्रत्यारोपण गरेको अनुभव छ । हालसम्म नेपालमा यसप्रकार मष्तिस्क मृत्यु भएका ६ जनाको मात्र मृगौला प्रत्यारोपण भएकोमा ४ जनाको शल्यक्रिया डा. कटवालको नेतृत्वमा भएको थियो । सुमेरु अस्पतालमा मृगौला प्रत्यारोपण निरन्तर हुदै आएकोमा यो विशेष खालको स्वाप पेयर एक्सचेन्ज जस्तो कठिन शल्यक्रियालाई सफलता पुर्वक सम्पन्न गर्न सक्षम भएकोमा चिकित्सक टोलीहरुलाई वधाई ज्ञापनका साथै हामी समस्त सुमेरु अस्पताल, धापाखेल परिवार गौरवान्तित भएका छौ । हालसम्म सुमेरु अस्पताल धापाखेलमा १९ वटा मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भइसकेको छ ।