ब्यनोस आयर्स । विश्वकपको दक्षिण अमेरिकी महादेशको छनोटमा अर्जेन्टिनाले बुधवार बिहान बोलिभियालाई ३-० गोलले हराएको छ।
अर्जेन्टिनाका इन्जो फर्नान्डेज, निकोलास टाग्लियाफिको र निकोलास गोन्जालेजले गोल गरे । एन्जेल डे मारियाले दुई गोलमा असिस्ट गरेका थिए।
यो खेलमा नियमित कप्तान लियोनल मेस्सीलाई आराम दिइएको थियो। गत साता भएको विश्वकप छनोटकै खेलमा अर्जेन्टिनाले १-० गोलको जित हात पार्दा मेस्सीले निर्णायक गोल गरेका थिए।
अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा लगातार १२ औँ खेल जितेको हो। उसले पछिल्ला ४९ खेलमा केवल एउटा खेलमा मात्र हार ब्यहोरेको छ।