काठमाडौँ । मधेश प्रदेशका प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादव पक्राउ परेका छन्।
कर्तव्यज्यान मुद्दामा यादवलाई राजविराजबाट पक्राउ गरेको सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिए। यादव सप्तरी क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन्।
यादवलाई पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ । अदालतले यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्नु भन्ने आदेश दिएको थियो ।
उनीमाथि तत्कालिन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गर्न निर्देशन दिएकाे आरोप छ।