काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
२२.५ ओभरको समाप्तिमा नेपालले चौथो विकेट गुमाउने क्रममा कुशल मल्ल ५ बलमा २ रन जोडेर आउट भएका हुन् ।
यसअघि तेस्रो विकेट गुमाउने क्रममा २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ८ रन जोडेर आउट भएका थिए । १६ ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका थिए । उनले १७ बलमा ७ रन जोड ।
नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।
२२.५ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १०१ रन जोडेको छ ।