काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ। घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालकाे सेमिफाइनल सम्भावना मजबुत बनेको छ ।
नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो ।
मलेसियाको लागि कप्तान विनीफ्रेड दुराईसिंघमले ३९ बलमा १ चौकासहित सर्वाधिक २८ रन बनाइन् । ओपनर ऐना आमिजाह १४, वान जुलिया वान रोशी २ र मास एलिसा १० रनमा आउट भइन् ।
बलिङतर्फ नेपालका लागि कविता कुवँर र कविता जोशीले समान दुई/दुई विकेट लिए। कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एक/एक विकेट लिए ।
त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । नेपाली सीता रानामगरले ५४ बलमा १ चौकासहित सर्वाधिक ३८ रनमा रहिन् ।
मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् ।