काठमाडौं । नेपालले चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ ।
अलराउण्डर सिता राना मगर र सम्झना खड्काको उत्कृष्ट प्रर्दशनमा नेपालले मंगलबार आफ्नो पहिलो खेलमा हङ्कङलाई ६ विकेटले हराएकाे हाे ।
हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।
आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्नेछन् ।