एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले बुधबार छुट्टिएको घोषणा गरेका छन् । दुवैले १८ वर्षअघि सन् २००५ मा विवाह गरेका थिए ।
सोफी र जस्टिनले इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धविच्छेदको जानकारी शेयर गरेका छन् ।
ट्रुडोको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोष्टमा लेखिएको छ, ‘म र सोफी धेरै अर्थपूर्ण र कठिन कुराकानीपछि हामीले अलग हुने निर्णय गरेका छौं भन्ने जानकारी दिन चाहन्छौं । एकअर्काको माया र सम्मानको साथ, हामी सधैं परिवार जस्तै हुनेछौं। हामीले मिलेर बनाएका कुरालाई अगाडि बढाउने छौँ ।'
यस पोष्टमा बच्चाहरूलाई उल्लेख गर्दै, 'यो हाम्रो गोपनीयताको सम्मान गर्न भनिएको छ।'
जस्टिन ट्रुडो र सोफीका तीन सन्तान छन् । क्यानडाका प्रधानमन्त्रीको कार्यालयका तर्फबाट दुवैले सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरेको बताइएको छ । तर, दुवै सार्वजनिक कार्यक्रममा सँगै देखिनेछन् ।
पछिल्ला केही वर्षहरूमा, दुबै सार्वजनिक फोरमहरूमा विरलै देखिएका छन्।