मेक्सिको सिटी। मेक्सिकोको एक बारमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला पनि छन् । सोही क्रममा ४ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
रोयटर्सको रिपोर्टका अनुसार यो घटना शनिबार सान लुइस रियो कोलोराडो नामक सहरमा भएको हो।
महिलासँग दुर्व्यवहार गरेको आरोपमा ती युवकलाई पबबाट निकालिएको नगर प्रशासनले जनाएको छ । जसबाट रिसाएर उनले मोलोटोभ ककटेलको सहायताले आगो लगाइ दिएका थिए । घटनाका क्रममा युवकले मादक पदार्थ सेवन गरेकाे जनाइएकाे छ ।