काठमाडौं । मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।
सन् २०१५ मा मानबहादुरले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । मानबहादुर त्यसयता निरन्तर टोलीमा रहेका छन् । गएको महिना मात्र नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाईएपछि श्रेष्ठलाई नियुक्त गरिएको हो ।