काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज घरेलु टोली बंगलादेशसँग खेल्दै छ । ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ पौने ६ बजे हुने छ ।
नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनपछि पहिलो पटक भिड्न लागेका हुन् । साफको फाइनलमा नेपाली टोली बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो ।
साफ जित्ने टोलीबाट बंगालदेशको टोलीमा मुख्य प्रशिक्षक गोलान रोबान्नी छोटानले साफ जितेको केही समयपछि नै बंगालदेशको टोली छाडेका थिए । यस्तै साफ जित्ने टोलीबाट स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकि खातुन टोलीमा छैनन् ।