काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका भित्रको एक फर्निचर पसलमा दिन दहाडै चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरिरहेको अवस्थामा वडा नम्बर ९ काँडाघारीबाट उमेश पदैवा पक्राउ परेको प्रहरीको भनाइ छ ।
बिहिबार दिउँसो काँडाघारीको सनसीटी नजिकै रहेको तामाकोसी फर्निचरमा चोरी गर्दा गर्दै उनलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
उनको टिममा अन्य दुई जना रहेको र स्थानीयले समात्न खोजेपछि उनीहरू भागेको बताइएको छ । उनीहरूको समूहले घरका धाराका टुटी, साइकल तथा कोठाभित्र पसेर मोबाइल, पैसा, सुनका गहना चोर्ने गरेका थिए ।