सुनसरी । डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दुहबी नगरपालिका-१ प्रस्टोकी बस्ने ४० वर्षीय फिदा भन्ने फिर्ता हुसेनलाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०७८ पुस २६ गतेको फैसलाले डाँका तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरीले दुहबी नगरपालिका-८ सोनापुरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशल कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको छ । ।