मुम्बई । एक समयको चर्चित भारतीय टेलिफिल्म ‘कसौटी जिन्दगी कि’ फेम्ड अभिनेता शीजान खानमाथि घरेलु हिंसाकाे आरोप लागेकाे छ ।
उनी माथी अमेरिकामा बस्ने आयशा पिरानी नामकी महिलाले घरेलू हिंसा र जबरजस्ती पैसा असुलीको आरोप लगाएकी हुन् ।
ती महिलाले आफू शीजानको पत्नी भएको भन्दै अभिनेताविरुद्ध एफआईआर दर्ता गराएकी छन् । आयशाले आफूलाई शीजानले हातपात पनि गरेको दाबी गरेकी छन् ।
‘उसले मलाई कोठामा बन्द गर्थ्याे र स्काइपमा अन्य युवतीहरुसँग फ्लर्ट गथ्र्यो । उसले मलाई तिमीसँग विवाह गरें, तिमीलाई आफ्नो जीवन दिन सकिनँ भन्थ्यो । यो उसको नियम संवाद थियो । मैले फलफूल ल्याउन बिर्सदा उसले मलाई यस्ता शब्द प्रयोग गर्थ्याे कि अहिले म त्यो भन्न सक्दिनँ’, उनले भनेकी छन् ।
आयशाको दाबी अनुसार शीजानले सन् २०१५ मा उनीसँग विवाह गरेका थिए । तर अभिनेताले उनलाई विवाह गरेको कुरालाई लुकाई राख्न भनेका थिए । त्यसको केही समयपछि शीजानले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर्न लगाएका थिए । ‘म एक मुस्लिम महिला हुँ र मुस्लिम कानून अनुसार म अहिले पनि विवाहित छु । मैले उसलाई खर्च गरेको पैसा म असुल्न चाहन्छु । उसको कारण म मानसिक रुपमा जे भोगिरहेको छु, मलाई त्यसको मुआब्जा चाहिएको छ । म विवाह गर्न चाहन्छु र कानूनी रुपमा मुस्लिम कानून अनुसार ‘खुलानामा’ चाहन्छु’, आयशाले भनेकी छन् ।
आयशाले गत ७ जूनमा अभिनेतामाथि एफआईआर दर्ता गराएकी थिइन् । उनले शीजानले ग्रीन कार्ड पाउनका लागि आफूलाई उपयोग गरेको आरोप लगाएकी छन् । उनले खानसँग ८ लाख रुपैंयाँ मुआब्जा मागेकी छन् ।