काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल घरेलु टोली जिम्बावेसँग हार व्यहोरेको छ । हरारे स्पोर्टस् क्लबमा आईतबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएकाे छ ।
नेपालले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बावेले ४४ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जिम्बावेको जितमा कप्तान क्रेग इर्भिनले १२८ बल खेल्दै १५ चौका र १ छक्का मद्दतमा नटआउट १२१ रन बनाए । यस्तै सेन विलियम्सले ७० बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा १०२ रन बनाए ।
वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए ।
हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको थियो ।
नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए ।
भुर्तेल ९५ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै ९९ रनमा आउट भए । उनी कीर्तीमानी शतक बनाउन १ रनले चुके । यस्तै, आसिफ शेख सय बलमा ६६ रन बनाएर आउट भए ।
कप्तान रोहित पौडेलले ३१ रन बनाउँदा कुशल मल्लले ४१ रन जोडे । गुल्सान झाले १३ रन र आरिफ शेखले १० रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरी ६ रन बनाउँदै आउट हुँदा करन केसी २ रन बनाउँदै नटआउट रहे । भीम सार्की शून्यमै आउट भए ।
जिम्बाबेका लागि रिचर्ड नागरावाले चार विकेट लिए । विलिटन मासाकादजाले दुई विकेट र तेन्डाई चतरा र आशीर्वाद मुजरबानीको नाममा एक-एक विकेट रह्यो ।