काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध ९९ रनमा आउट भएका छन् । भुर्तेल स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट हुन पुगे ।
कुशल ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनमा आउट भए । यसअघि कुशलले १ रनमा जीवनदान पाएका थिए। विकेट पछाडि उनको क्याच जिम्बावेका शिकन्दर राजाले ड्रप गरेका थिए।