कञ्चनपुर - कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन रहेको पाइएको छ ।
अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधिहरु विक्री बितरण तथा उपचार समेत हुँदै आएको पाइएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्ने ३५ वर्षीय शान्तिरजन बैरागी र भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्दै आएका भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरक ३९ वर्षीय गोकुल मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।