काठमाडौं । एसिसी महिला इमर्जिङ्ग टिम्स एसिया कपमा नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग झिनो अन्तरले पराजित भएको छ ।
हङकङको मङकङमा भएको खेलमा पाकिस्तान 'ए' ९ रनले विजयी भएको हो ।
जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमा सिमित भयो ।नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाईन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाईन् ।
पाकिस्तान ए का लागि सईदा शाह र तुवा हसनले समान २/२ तथा अनुशा नासिर र उम्मि हानीले समान १/१ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।