काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल सबै खेलमा पराजित भएको छ ।
म्यानमार आज सकिएको खेलमा चाइनिज ताइपेइसँग ५–० गोल अन्तरले पराजित भयो । नेपालले खेलेका तीन वटै खेलमा समान ५–० को नतिजा आत्मसाथ गरेपछि जितविहीन बन्दै घर फर्कने भएको हो ।
यानगोनस्थित थुवुन्ना स्टेडियममा नवौं मिनेटमा लिउ यू चीओले गोल गर्दै चाइनिज ताइपेलाई सुरुआती अग्रता दिलाइन् । २० औं मिनेटमा लाईयू चीले गोल गरेपछि अग्रता दोब्बर भएको थियो ।
३६ औं मिनेटमा शिन यी चिङले टिमका लागि तेस्रो गोल गर्दा ४१ औं मिनेटमा हि जिया शिउअनले गोल गरेपछि ताइपेइ ४–० ले अघि बढेको थियो ।
४५ औं मिनेटमा ताइपेइकी हि जियाले व्यक्तिगत दोस्रो गोल गर्दा टिम भने ५–० ले अघि बढेको थियो । दोस्रो हाफमा थप गोल नखाए पनि चाइनिज ताइपेईविरुद्ध नेपालले दबाब भने सिर्जना गर्न असफल रह्यो ।