काठमाडौं– सुपरस्टार आमिर खान लामो ब्रेकपछि कमब्याक गर्ने तयारीमा छन्।
एक रिपोर्ट अनुसार, आमिर खानले आफ्नो कमब्याकको लागि दिग्गज फिल्म निर्माता एसएस राजामौलीसँग हात मिलाएका छन्। आमिर खान सुपरस्टार महेश बाबुसँग टलिउड फिल्ममा देखिने बताइएको छ। यो फिल्म ‘एसएसएमबी २९’ हुनसक्छ।
फिल्म लाल सिंह चड्ढा रिलिज भएपछि आमिर खानले अभिनयबाट ब्रेकको घोषणा गरेका थिए। आमिर खानले आफू लामो समयदेखि काम गरिरहेको र अब आफ्नो परिवारलाई समय दिन चाहेको बताएका थिए।
महेश बाबु अभिनित फिल्ममा आमिर खान खलनायकको भूमिकामा देखिनेछन्।