काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा आवासले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए । खेलको ८६औं मिनेटमा एपीएफ र जावलाखेल दुबै टोली १० खेलाडीमा समेटियो । एपीएफको यो आठौं जित हो । एपीएफले २२ खेलमा २९ अंक जोडेको छ ।
त्यस्तै आजै भएकाे खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन् । शनिबार ललितपुरस्थित च्यासल मैदानमा आर्मी र मछिन्द्रले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीसँगै आर्मीले २२ खेलमा ३० अंक जोडेको छ । मछिन्द्र २२ खेलमा ३६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।