काठमाडौं । नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल पहिलो सेटमा २५-१० र दोस्रोमा २५-८ र तेस्रोमा २५-९ ले विजयी भएको हाे । बंगलादेश भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।
नेपालको जितसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा कीर्गिस्तानलाई पराजित गरेको छ ।
समूह विजेतको लागि नेपाल र भारत बुधबार खेल्नेछन् ।