भोजपुर । भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा ई-लर्निङ सेन्टर स्थापना भएको छ ।
ईश्वर मन्दिर संस्था काठमाडांैको सहयोगमा ई-लर्निङ सेन्टरको स्थापना भएको हो । ईश्वर मन्दिर संस्थाका संरक्षक एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले भोजपुर बहुमुखी क्याम्पस प्रमुख भुलानाथ राईलाई सेन्टर हस्तान्तरण गरेका हुन् ।
ई-लर्निङ सेन्टर स्थापनाले क्याम्पसका विद्यार्थी प्रध्रानाध्यापकहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग पुग्ने क्याम्पस प्रमुख भुलानाथ राईले बताए ।
ई-लर्निङ सेन्टरमा वीस सेट कम्प्युटर र अडियो भिडियो मनिटर लगाएतको दश लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको ईश्वर मन्दिर काठमाडाैंका महासचिव संकेत कोइरालाले बताए । ईश्वर मन्दिरले जिल्लाका पाँच भन्दा बढी विद्यालयलाई यस अघि सहयोग गरिसकेको छ ।
सोही कार्यक्रममा पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफु अध्यन गरेको भोजपुर बहुमुखी क्याम्पसमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । आफू र आफ्नो परिवारको तर्फबाट छ लाख बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन । क्याम्पसका जेहेनदार विद्यार्थीको लागि कोष स्थापना गरिदिने कोइरालाले बताए ।