काठमाडौं– महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपरकिङ्स जारी इन्डियन प्रिमियर लिकको प्लेअफमा प्रवेश गरेको छ।
चेन्नई प्लेअफका लागि क्वालिफाइ गर्ने दोस्रो टिम बनेको छ। चेन्नईले शनिबार दिल्ली क्यापिटल्सलाई उसकै होमग्राउन्डमा ७७ रनले पराजित गरेको हो।
यो जितसँगै लीग स्टेजबाट चेन्नईले १७ अंक बटुलेको छ। यता डेभिड वार्नरको टिम दिल्ली क्यापिटल्सले जम्मा १० अंक मात्र प्राप्त गरेको छ।
यो चेन्नईको दिल्लीमाथि लगातार चौथो जित हो। अरुण जेटली मैदानमा चेन्नईले टस जित्दै २० ओभरमा तीन विकेट गुमाउँदै २२३ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्र बनायो।