काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन सार्वजनिक भएको छ ।
नेपाल कठिन समूह 'ए'मा परेको छ । यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन् ।
समूह बीमा अर्को नयाँ टोली लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । भारतको बेंगलुरुमा असार ६ देखि १९ गते सम्म च्याम्पियनसिपको आयोजना हुँदैछ ।