काठमाडौं । जब बलिवुड बक्स अफिसमा एक हप्तामा कति कमाई लिन सफल भयो भनेर सबैको नजर परिरहेको हुन्छ ।
तर, अपत्यारिलो रुपमा एउटा मलायम फिल्मले भने बक्स अफिसमा झन्डै १ सय करोडको हाराहारीमा कमाई गरिरहेको छ । एउटा वास्तविक घटनालाई पर्दामा उतारिएको चलचित्र ‘२०१८, एभरीवान इज अ हिरो’ नामक मलायम चलचित्रले अकल्पनीय रुपमा ग्रस कलेक्सन गरे पछि यसको तारिफ गर्नेहरु दिन प्रतिदिन बढेका छन् । र, सो फिल्म हेरे पछि फिल्म क्रिटिक्सहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् ।
‘२०१८ः एवरीवन इज ए हीरो’ विश्व भरीका फिल्म घरहरूमा धुम मचाउन सफल भएको हो । फिल्म बजारमा एको ९ दिनमा नै मलायम भाषीहरुवाट लगभग ५.६ करोडको कलेक्सन गरेको छ । मोलीवुडको इतिहासमा यो पहिलो पटक यति धेरै कलेक्सन गरेको जनाईएको छ ।
साथै, विश्वभरीवाट भने ८० करोड भन्दा बढीको कमाई गरिसकेका छ र पब्लिक माउथ प्रोमोसनका कारण झन्डै १०० करोडको हाराहारीमा यसले कमाई गर्ने जनाईएको छ । यो फिल्म जूड एन्थनी जोसेफले निर्देशन गरेका हुन ।
लगभग १२ करोड रुपैँयामा निमार्ण भएको चलचित्रले १ सय करोड बराबर कमाई गरे पछि यसको झन चर्चा परिचर्चा सुरु हुन थालेको छ । यो फिल्म केरलामा गएको एउटा बाढीको घटनामा आधारित रहेको छ ।