काठमाडौं। आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'ए साथी सुन'को लिरिकल गीत सार्वजनिक भएको छ।
गीतमा सिनेमाका मुख्य कलाकार वर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँका दृश्य छन्।
सिनेमाको सार्वजनिक लिरिकल ‘मनले भन्छ’ बोलको गीतमा हर्क साउदको शब्द तथा उज्वल सागरको संगीत र स्वर सुन्न सकिन्छ। उज्ज्वल सागर पछिल्लो पुस्ताका लोकप्रिय गायक तथा संगीतकार हुन्।
लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा बर्षा र रमेशका अलवा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ।
कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम सिनेमा समेत हो।
राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन्। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह९निर्मातामा सुदीप पौडेल छन्।
सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो।