काठमाडौं। त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले कारागारमा परीक्षा केन्द्र नराख्न निर्देशन दिएको छ।
गत चैत २९ गते बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले त्रिभुवन विश्वविद्यालयबाट कारागारमा रहेका कैदीबन्दीहरुको परीक्षा लिनका लागि हाललाई निमित्त कारागारलाई नै परीक्षा केन्द्र कायम गरी परीक्षा लिने व्यवस्था गरिएको छ।
तर अब उप्रान्त कारागारमा परीक्षा केन्द्र राख्ने पूर्व व्यवस्था स्थगन गर्न परीक्षा नियन्त्रण कार्यालय र सबै डीन कार्यालयलाई निर्देशन दिएको हो।
साथै विश्वविद्यालय नियमानुसार परीक्षार्थीको सूचीमा परेका कारागारमा रहेका कैदीहरुले परीक्षामा सामेल हुन चाहेमा सुरक्षा निकायको समन्वयमा परीक्षा नियन्त्रण डीन कार्यालयबाट तोकिएको परीक्षा केन्द्रबाट सुरक्षा निकायको जिम्मेवारीमा मात्रै परीक्षा दिने व्यवस्था गर्न निर्देशन दिने निर्णय भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।