सोल। कोरियन पपस्टार मोनबिन अर्पाटमेन्टमा मृत भेटिएका छन् । २५ वर्षे पपस्टार सोलको गंगनम–गुको आफ्नो अपार्टमेन्टमा मृत भेटिएका हुन् । प्रहरीले उनले आत्महत्या गरेको अनुमान लगाए पनि विस्तृत विवरण पोस्टमार्टम पछिमात्र थाहा हुने जनाएको छ ।
पुरुष व्याण्ड समूह एस्ट्रोमा सन् २०१६ मा जोडिनुअघि मोनबिन अभिनेता तथा मोडल थिए । यो ब्याण्ड के–पप ग्रुपको लोकप्रिय ब्याण्डमा पर्छ । उनले मोनबिन र सान्हाजस्ता साना समूहमा पनि गीत गाएका थिए ।
एस्ट्रोमा जोडिनु अघि मोनबिन एजेन्सी फान्टागियोको प्रशिक्षण कार्यक्रममा थिए । यो समूहले हालसम्म जम्मा ६ वटा मात्र प्रस्तुती दिएको छ । यही बीचमा ब्याण्डका एक सदस्यले गत फेब्रुअरीमा व्याण्ड छोडेका थिए ।
उनकी बहिनी मोन सुआ पनि के–पप गायिका हुन् । उनी महिला समूह बिलीमार्फत गीत गाउँछिन् । हालको वर्षमा आफ्नो ज्यान गुमाउने मोनबिन पछिल्लो कोरियन स्टार हुन् ।
अन्य विकसित मुलुकको तुलनामा दक्षिण कोरियामा युवा आत्महत्याको दर उच्च छ । सरकारले आत्महत्याको दरलाई न्यूनिकरणको प्रयास गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन ।