मुम्बई । चार वर्षपछि अभिनेता सलमान खान पुनः एकपटक इदमा आफ्नो फिल्म ‘किसी का भाई किसी का जान’ लिएर आउँदैछन् ।
फरदाह सामजीको निर्देशन रहेको फिल्म २१ अप्रिलमा थिएटरमा रिलिज हुँदैछ । फिल्मको एडभान्स बुकिङ खुलिसकेकाले फिल्मको टिकट लिनेको संख्या उल्लेख्य छ ।
मंगलबार साँझसम्म पहिलो दिनको शोका लागि पीवीआर, आइनोक्स र सिनेपोलिसमा करिब १० हजार बढी टिकट बिक्री भइसकेको छ । सिंगल स्क्रिनमा पनि फिल्मप्रति दर्शकको चासो उच्च छ ।
२ घण्टा २४ मिनेट २५ सेकेण्डको फिल्मलाई केन्द्रीय फिल्म प्रमाणन बोर्ड(सिबिएफसी)ले यू÷ए सर्टिफिकेट दिएको छ ।