एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ शहरमा रहेको एउटा कारखाना भवनमा सोमबार दिउँसो आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।
सरकारी समाचार एजेन्सी (सिन्ह्वा)का अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको भवनको तेस्रो तल्लामा दिउँसो २ः०४ बजे आगलागी मानिसहरू त्यहाँ फसेको र आगलागीमा परेको बताइएको छ। दुई राउण्ड खोजी र उद्धारपछि मङ्गलबार बिहान करिब ४ बजे मृत्यु हुनेको पुष्टि भएको हो ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।