एजेन्सी । श्रीलङ्काको नौसेनाले सोमबार एक सय ७९ किलोग्राम हेरोइन बरामद गरेको छ । साथै र सो कारोबारमा संलग्न छ जनालाई अन्तरराष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको छ ।
नौसेनाले शनिबार राति श्रीलङ्काको दक्षिणी तटमा रहेको अन्तरराष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको नौसेनाका प्रवक्ता गायन विक्रमसूरियाले बताएका छन् ।
हिरोइनको अनुमानित मूल्य १०.९ मिलियन अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ । नौसेना, प्रहरी र गुप्तचर निकायको संयुक्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन् ।