एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको चीनलाई हेर्ने दृष्टिकोणबारेको टिप्पणीपछि चीनप्रतिको चिन्ताबारे एकीकृत सन्देश प्रवाह गर्न जी–७ का शीर्ष कूटनीतिज्ञहरूले सोमबारदेखि जापानमा छलफल सुरु गरेका छन् ।
बेइजिङ भ्रमणपछि म्याक्रोँले युरोपले ‘आफुसँग सम्बन्ध नराख्ने विवाद’ बाट बच्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न भएको बुझाइलाई समाधान गर्न विदेशमन्त्रीहरू लागिपरेका हुन् । सोमबार बिहान औपचारिक वार्ता सुरु हुनुअघि नै चीनसँगको बिषय छलफलको एजेन्डामा थियो ।
विशेष बुलेट ट्रेनमा कारुइजावाको माउन्टेन रिसोर्ट शहरमा आइपुगेपछि समूहले चीन र उत्तर कोरियाको बारेमा एक ‘वर्किंग डिनर’ आयोजना गरेको थियो । जापानका विदेश मन्त्री योशिमासा हयाशीले आफ्ना समकक्षीहरूलाई ‘जी–७ को एकता अत्यन्त महत्वपूर्ण भएको’ बताए।
सोमबारको पहिलो सत्र फेरि चीन र क्षेत्रीय चुनौतीमा केन्द्रित भएको थियो र हयाशीले अन्तर्राष्ट्रिय समुदायलाई ‘इतिहासको टर्निङ प्वाइन्टमा’ रहेको चेतावनी दिँदै वार्ताको सुरुवात गरेका थिए ।
उनले ‘विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्न’ जी–७ को दृढ सङ्कल्प विश्वसामु प्रदर्शन गर्न आफ्ना समकक्षीहरूलाई आग्रह गरे।
आयोजक जापानले क्षेत्रीय चुनौतीहरूलाई कार्यसूचीको शीर्षस्थानमा राख्न चाहेको छ र ताइवानमा चिनियाँ सैन्य अभ्यास र उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणलगायत हालैका घटनाहरूले यसको ध्यान खिचेको छ ।
मन्त्रीहरूबीच वार्ता सुरु हुनासाथ अमेरिकी नौसेनाले ताइवान जल क्षेत्रहुँदै ‘गाइडेड मिसाइल डिस्टोयर्स’ जहाज चलाएको प्रसङ्गलाई छलफल गरिएको थियो ।
म्याक्रोँको टिप्पणीको विवादले अन्तिम वक्तव्यले चीन र स्वशासित ताइवानलाई कब्जा गर्ने उसको धम्कीबारे प्रयोग गर्ने भाषालाई नजिकबाट नियाल्नेछ ।
म्याक्रोँ र जी–७ का अन्य अधिकारीको बेइजिङ भ्रमण ‘छलफलको विषय’ हुने एक वरिष्ठ अमेरिकी अधिकारीले नाम नबताउने शर्तमा आइतबार बताएका छन् ।
“मलाई लाग्छ कि हामी कसरी एक साझा र ठोस दृष्टिकोणमा पूर्ण रूपमा संरेखित हुन निरन्तर प्रयास गर्छौँ भन्ने बारेमा छलफल हुनेछ ।