काठमाडौं । शिक्षक सेवा आयोगबाट सिफारिस भई स्थायी भएका शिक्षकको वैयक्तिक तथा नोकरी विवरण एकमुष्ट पठाउन राष्ट्रिय किताबखाना (शिक्षक) ले निर्देशन दिएको छ ।
किताबखानाले कार्य चापका कारण प्रमाणित गरेर पठाउन कठिनाइ भइरहेको भन्दै एकमुष्ट पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो ।
किताबखानाले जिल्ला जिल्लाबाट सम्बन्धित शिक्षक आइरहे पनि निवृत्तभरण, उपदान, अस्थायी गोल्डेन ह्यान्डसेक लगायत अन्य कार्य चापका कारण प्रमाणित गरेर पठाउन कठिनाइ भइरहेको जनाएको छ ।
शिक्षा नियमावली अनुसार स्थायी नियुक्ति लिएको मितिले ९० दिनभित्र किताबखानामा शिक्षक वैयक्तिक तथा नोकरी विवरण पेस भई सक्नुपर्नेछ ।