काठमाडौं। इन्डियन प्रमियर लिग (आईपीएल)मा पञ्चाव किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ।
बुधबार भएको खेलमा पञ्चावले राजस्थान रोयल्समाथि ५ रनको रोमाञ्चक जित निकाल्यो।
गुवाहटीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्चाजवले २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो। पञ्चावविरुद्ध जितका लागि १९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो।
१९ ओभर सकिँदासम्म राजस्थानलाई जितका लागि १६ रन आवश्यक थियो। तर पञ्चावका साम कुरानले अन्तिम ओभरमा १ विकेट लिँदै १० रन मात्र खर्चिए। पञ्जावका लागि नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। यस्तै, अर्शदिप सिंहले २ विकेट लिए।
राजस्थानका लागि कप्तान नसन्जु सामसनले ४२ रन बनाए २५ बलमा ५ चौका र १ छक्का प्रहार गरेका सामसन अर्धशतक बनाउन चुके। १८ बल खेलेका शिमरोन हेतमायरले ३६ रन बनाए। ध्रुव जुरेलले ३२ रन बनाए।
पञ्चावका लागि कप्तान शिखर धवन र प्रबसिमरन सिंहले उत्कृष्ठ ब्याटिङ गरे। कप्तान धवनले ५६ बलमा ८६ रन बनाए भने प्रबसिमरनले ३४ बलमा ६० रन बनाए। यस्तै, जिते शर्माले २७ तथा मसूद शाहरुख खानले ११ रन बनाए।
पञ्चावविरुद्ध राजस्थानका ज्यासन होल्डरले २ तथा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १–१ विकेट लिए।
लगातार २ वटा खेलमा जित निकालेको गुजरात जायन्ट्स ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने पञ्चाव पनि समान ४ अंकका साथ दोस्रो स्थानमा छ। राजस्थान भने २ अंकका साथ चौथो स्थानमा छ।