काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्रहरी कर्मचारीलाई हेभि सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभि सवारी चालक तालिम १३औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
सोही महाशाखामा बुधबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश केसीले प्रशिक्षार्थी तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक केसीले हेभी सवारी साधनको परिचालन, रेखदेख र मर्मत संभार गर्न समय सापेक्ष नयाँ प्रविधिको बारेमा दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गरिएको बताउनुभयो । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १५ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान १५ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।